कीवर्डहरू -

कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लगिँदै

कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लगिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लैजान लागेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लग्न लागेको जानकारी दिदै उनले यसै आर्थिक वर्षभित्र कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना प्रणालीलाई एक आपसमा आबद्ध गरी उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि पटकपटक एउटै कागजात विभिन्‍न निकायमा बुझाउनुपर्ने झण्झटिलो व्यवस्था हटाइँने बताए ।