कीवर्डहरू -

नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल सम्पन्न भएको छ । 

सहभागी ३२ टिममध्ये उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगितावाट उत्कृष्ट हुदै धापासी काठमाण्डौको त्रियोग हाई स्कूलले प्रथम स्थान हासिल गरेको छ । माउन्ट एसईबी स्कूल, सैनिक आवासीय महाविद्यालय, बुढानिलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा काठमाण्डौ उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याल तथा विशेष अतिथिहरु रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष पंकज जलानको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कूलले नगद र२५ हजार रूपैयाँसहित, ट्रफी, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरिएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरुलाई पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो ।

कार्यक्रमको मुख्य प्रायोजनमा टेकस्पाएर कलेज थियो । रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवा लगायतले प्रायोजन गरेका थिए । निकट भविष्यमा नेशनल साईबर ओलम्पियाडको प्लस टु संस्करण आयोजना गर्ने संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।