जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभि, छपाइ मेशिन, छपाइ भएका सवारी चालक अनुमतिपत्र (स्मार्टकार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामानहरु चोरी/लुटपाट भएका छन् ।
सूचना प्रकाशित गर्दै विभागले भदौ २३ र २४ गते चोरी तथा लुटपाट भएका सामानहरू देखेमा वा भेटाएमा नजिकको सुरक्षा निकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियान र विभागबाट यथासक्य चाडो सेवा सुचारु गराउने कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ ।
सामानहरू चोरी तथा लुटपाट भएपछि सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (eDLVRS) प्रणालीसम्बन्धी सेवा, इम्बोस्ड नम्बर प्लेट उत्पादन र सवारी चालक अनुमति पत्र छपाइ तथा वितरण लगायतका सेवा अवरुद्ध हुन पुगेका छन् ।
विषम परिस्थितिमा सार्वजनिक सेवालाई सुचारु गर्नु सबैको दायित्व भएको बताउँदै विभागले फिर्ता गर्न आग्रह गरेको हो ।
सामानहरू फिर्ता गर्न नजिकको सुरक्षा कार्यालयका अलवा कम्प्युटर इन्जिनियर भानुभक्त जोशी (९८५११४०२९१) र नायब सुब्बा धन बहादुर घर्ति (९८४८४५८०६१) लाई पनि सम्पर्क गर्न सकिने छ ।