कीवर्डहरू -

व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । 

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको आर्थिक बिधेयकमा व्यावसायीक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था राखिएको छ । 

आयकर ऐन २०५८ मा दफा ८१ पछि ८१ क थप्दै कुनै पनि व्यक्तिले व्यवसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएको छ ।