कीवर्डहरू -

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । मृर्गौला प्रत्यारोपण गरेर सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् ।  

उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए । पेम्बा शेर्पाको यस सहासीक यात्रामा एनसेल फाउन्डेसनले पनि साथ दिएको थियो । 

“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु,” सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

“पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो— यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आवहान पनि हो । यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसि छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरु मात्र होइनन्, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश पेम्बा शेर्पाको यो आरोहणले विश्वलाई दिएको छ ।