कीवर्डहरू -

परामर्श सेवाका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर तयार पार्दै काठमाडौं महानगरपालिका

परामर्श सेवाका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर तयार पार्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सेक्युरिटी अडिटका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर (संक्षिप्त सूची) तयार पार्न लागेको छ । 

मंगलबार सूचना प्रकाशित गर्दै महानगरपालिकाको सूचना प्रविधि विभागले आईटी सिस्टमको सेक्युरिटी अडिटका लागि परामर्शदाताहरूलाई सूचीकृत हुन् आह्वान गरेको हो । 

भदौ ३१ गतेसम्म ‘Consulting Service for Security Audit & VAPT of Kathmandu Metropolitan City's IT System’ विषयको गुणस्तर तथा लागत विधिद्वारा गरिने परामर्श सेवाका लागि महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत हुन सकिने छ । 

इच्छुक परामर्श दाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र खरिद प्रणाली (e-gp system) को Organization Bolpatra Id तथा महानगरको मौजुदा सूचीमा सूचिकृत प्रमाणपत्र सहित आवश्यक कागजात पेश गर्न अनुरोध गरेको हो ।  

त्यसका लागि परामर्श दाताको नाम, आधिकारिक व्यक्ति, आधिकारिक इमेल, फोन नं. सहित उपरोक्त कागजात तथा व्यहोरा खुलाई सूचना प्रविधि विभागको आधिकारिक ई-मेल [email protected] मा पेश गर्न सकिने छ । 

null