कीवर्डहरू -

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रम दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रम दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान

नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ।

शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो।

केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिएपश्चात यो सीबीसीएफको पहिलो योगदान भएको र यसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ।

शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहने बताइएको छ।