कीवर्डहरू -

राहदानी बनाइदिने भन्दै ३४ हजार घुस लिने कम्प्युटर इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

राहदानी बनाइदिने भन्दै ३४ हजार घुस लिने कम्प्युटर इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नियमित तरिकाबाट प्राप्त हुने राहदानी बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने प्रदिप भट्टराई र घुस वापतको रकम उनको खातामा रकम जम्मा गर्ने सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध अदालतमा मुद्दा दायर भएको हो । 

अख्तियारले राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य गरेको पुष्टि भएको हुँदा निज प्रदिप भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो ३४ हजार बिगो र कैद माग गरेको छ । 

यस्तै प्रतिवादी सुमी धामी भन्ने सुमित्रा सापकोटाले प्रतिवादी प्रदिप भट्टराईको घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको हुँदा निज सुमी धामी भन्ने सुमित्रा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ३४ हजार बिगो र सजाय माग गरिएको छ ।