कीवर्डहरू -

आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने

आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने

टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने छ।

नेपाली राष्ट्रिय टोली, गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ।

त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ।

त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ। यस्तै, तीन वटा एक दिवसीय खेलहरू भने चैत २१, २३ र २५ गते हुने छन्।

प्रतियोगिताका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।