कीवर्डहरू -

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा क्रिकेट विश्व कप लिग २ का खेल प्रशारण हुने

डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा क्रिकेट विश्व कप लिग २ का खेल प्रशारण हुने

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू पनि प्रत्यक्ष प्रसारण गर्न लागेको हो । खेलहरू एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजका सबै छ खेल प्रत्यक्ष प्रसारण गर्ने एक्सन स्पोर्टस एचडी वानले जनाएको छ ।