कीवर्डहरू -

क्रोम र आईओएस प्रयोगकर्ताहरूको सुरक्षा जोखिममा, गूगलद्वारा चेतावनी

क्रोम र आईओएस प्रयोगकर्ताहरूको सुरक्षा जोखिममा, गूगलद्वारा चेतावनी

गूगलले प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित कुरा गर्दै भनेको छ कि रूसी ह्याकरहरूले आईओएस र क्रोमको कमजोरीहरूको फाइदा उठाएर प्रयोगकर्ताहरूको डेटा चोरेका छन् । एउटा सानो गल्तीको कारण प्रयोगकर्ताहरूको डेटा जोखिममा पर्न सक्छ । आईओएस र क्रोमको कमजोरीहरूको फाइदा उठाएर ह्याकरहरूले संवेदनशील जानकारीहरु चोरी गर्न सक्छन् । 

गूगलको थ्रेट एनालिसिस ग्रुप (ट्याग) ले भनेको छ कि यसले सबै क्रोम प्रयोगकर्ताहरूलाई खतरा छैन, तर १६.६.१ भन्दा पुराना आईओएस संस्करणमा चल्ने डिभाइसहरूको लागि यो चिन्ताको विषय हो । ट्यागले भनेको छ कि एन–डे कमजोरीहरू पहिले नै ठीक गरिएका छन्, तर ती डिभाइसहरूको लागि अझै पनि समस्या छ, जसलाई अपडेट गरिएको छैन् ।

गूगलले भनेको छ कि एपिटी २९, जसलाई मिडनाइट ब्लिजार्डको नामले पनि चिनिन्छ, यसले मंगोलियाको सरकारको धेरै वेबसाइटहरूलाई निशाना बनाएको छ र वाटरिङ होल रणनीति अपनाएको छ । गूगलको अनुसार यो घट्ना कतै न कतै रुससँग जोडिएका हुन सक्छन् । रिपोर्टमा भनिएको छ कि वाटरिङ होल एक प्रकारको साइबर आक्रमण हो, जसमा कुनै पनि साइटको कोडमा छेडछाड गर्न सकिन्छ ।

यस कमजोरिको उद्देश्य क्रोम ब्राउजरमा भण्डारण गरिएका कुकीज, पासवर्ड र अन्य संवेदनशील डेटा चोर्नु हो । गूगलले प्रयोगकर्ताहरूलाई सल्लाह दिएको छ कि आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूले तुरुन्त नयाँ अपडेट इन्स्टल गर्नुपर्छ ।