कीवर्डहरू -

सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा अब क्यूआर कोड पनि समावेश हुने

सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा अब क्यूआर कोड पनि समावेश हुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को शैक्षिक प्रमाणपत्रमा अब क्यूआर कोड पनि समावेश हुन थालेको छ ।

२०८२ मंसिर १ गतेबाट जारी भएका डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा क्युआर कोड समावेश सुरू गरिएको हो । 

आईटीएमएस अनलाइनबाट जारी हुने डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहको मूल प्रमाणपत्रमा आजदेखि लागू हुने गरी क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने निर्णय भएको सीटीईभीटीले जनाएको छ ।