कीवर्डहरू -

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

इन्ड्राइभ हाल नेपालमा सबैभन्दा लोकप्रिय राइड–हेलिङ सेवाहरू मध्ये एक हो । यसको मुख्य कारण भनेको सवारी चालक र ग्राहक दुवैले बार्गेनिङ गर्न सक्छन् । 

हालै मात्र कम्पनीले नेपालमा कुरियर सेवा समेत सार्वजनिक गरेको छ । यही अवसरमा एशिया प्रशान्त क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया माकारेन्को नेपाल आएकी थिइन् । 

यसै सन्दर्भमा माकारेन्कोसँग आईसीटी समाचारले कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंश यस्तो छ 

विशेषगरी नेपालका लागि इन्ड्राइभको दीर्घकालीन लक्ष्यहरू के के छन् ?

हामी एक ग्लोबल कम्पनी हौं । अहिले ४७ देशहरूमा सञ्चालन गरिरहेका छौं र अझै थप देशहरुमा विस्तर गर्ने प्रयासमा छौं । नेपाल एशिया प्यासिफिकका प्रमुख देशहरू मध्ये एक हो । एपीएसीमा ११ देशहरू समावेश छन् ।

इन्ड्राइभको व्यवसाय राम्रो चलिरहेको छ । यसलाई स्थिर राख्न चाहेका छौं । ग्राहकको आवश्यकता पूरा गर्न र विश्वसनीयतालाई बढावा दिन विभिन्न परियोजना समेत ल्याउँदै छ, जसले नेपालीहरूको जीवनलाई सुधार गर्न मद्दत गर्नेछ । यो हाम्रो इनभिजन प्रोग्रामको एक अशं हो र यस अन्तरगत ११ परियोजनाहरू छन् ।

अन्य राइड हेलिंग सेवाको तुलनामा इन्ड्राइभ नेपाली बजारमा सफल हुनुको कारण के हो ? 

इन्ड्राइभको मुख्य सफलताको कारण भनेको यसको कोर भ्यालु प्रपोजिशन हो । हामी निष्पक्ष समाज विकासमा योगदान पुर्याउन चाहन्छौँ । यात्रु र चालक दुवैले मोबिलिटी सेवाहरूमा आफुले चाहेको मूल्यमा यात्रा गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । यो ग्राहक र चालक दुवैका लागि हित छ । अन्य प्लेटफर्म भन्दा हामी यहाँ फरक छौं । 

इन्ड्राइभ विश्वमै एउटा सफल कम्पनी हो । यदि तपाइँले डेटा हेर्नुभयो भने हामीले केवल ११ वर्ष पहिले कम्पनी सुरु गरेका थियौं र अहिले हामी विश्वभर हाम्रो एपको डाउनलोडको सन्दर्भमा दोस्रो स्थानमा आउँछौं ।

हाम्रो अगाडी केवल उबर रहेको छ, जुन हालको बजारको शीर्ष स्थानमा पर्छ । हामीले व्यवसाय मात्र नगरेर मानिसको जीवनलाई नै सहज बनाएका छौं । 

एपभित्र हामीले अन्य सेवाहरू पनि थप गर्दै छौं । हालै इन्ड्राइभ मनी मेक्सिकोमा सुरु गरेका छौं । यो एक फिनटेक सेवा हो र हामी विश्वभरि विस्तार गर्ने लक्ष्य राखिरहेका छौं । यात्रु र चालकहरूलाई आवश्यकतालाई मध्यनजर गर्दै सेवा विविधतामा जोड दिएका छौं । 

इन्ड्राइभले हालै चालकहरुका लागि सुरु गरेको काउन्सिलिंग सेन्टर के हो ? 

काउन्डिलिङ सेन्टर भनेको चलाकहरूको कम्पनीसँग संवाद गर्ने एउटा माध्यम हो । इन्ड्राइभमा आवद्ध हुन भएपछि चालकहरूलाई सेवा, शर्त, नियमहरूको बारेमा जानकारी दिन्छौं । काउन्सिलिंग सेन्टरलाई धेरैको पहुँचमा पुर्‍याउने हाम्रो योजना छ । 

नेपालमा दर्ता भएपश्चात कम्पनीले दश प्रतिशत कमिसन लिन थालेको छ । यसले राइडरको शंख्यामा कुनै घटबढ भएको छ ?

हाम्रो व्यावसायिक सञ्चालनमा यसको प्रभाव परेको छैन् । १० प्रतिशत भन्दा पनि ठ्याक्कै भन्नुपर्दा ९.९९ प्रतिशत कमिशन लिने गरेका छौं । यात्रु र चालक दुवैलाई मार नपर्ने गरी हामीले कमिसन लिएका छौं । 

null

सेवा सुधारमा प्रयोगकर्ताको प्रतिक्रियालाई कत्तिको महत्त्व दिनुभएको छ ?

हामी यसलाई नियमित रूपमा ध्यान दिई रहेका हुन्छौं । यात्रु र चालकहरूसँग विभिन्न माध्यमबाट सम्पर्कमै हुन्छौं । दैनिक रूपमा प्रतिक्रिया संकलन गरिरहेका छौं । म आफैंले महिनामा एक पटक अपरेसन कलहरू गर्दै आएकी छु ।

हामी ग्राहकका प्रतिक्रियाहरू लिन्छौं, एकत्रित गर्छौं र कसरी हाम्रो सेवाहरू सुधार गर्ने, सेवाहरू वा एप्लिकेसनलाई परिवर्तन गर्ने, मार्केटिङ अभियान वा जुनसुकै व्यवसायिक पक्षलाई सुधार गर्ने भन्ने बारेमा सोच्छौ।

यो कम्पनीको लागि एक सामान्य अपरेशनल तरिका हो । सबै कुराको केन्द्रमा प्रतिक्रियालाई राख्ने गरेका छौं । 

नेपालका लागि इन्ड्राइभको आगामी योजना के कस्ता छन् ?

नेपालका लागि हामीसँग ३६० मार्केटिङ अभियान योजना छ । सन् २०३० सम्म १ अर्ब मानिसहरूलाई प्रभाव पार्ने योजना छ । हालै काठमाडौंमा कुरियर सेवा सुरु गरेका छौं । हामीले अन्तर–शहर कार्गो सेवाहरू पनि सुरु गरेका छौं ।

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हाम्रो इनभिजन परियोजना हो । किनकी यसले मानिसहरूलाई एकअर्कासँग जोड्न मद्दत पुर्याउँछ । यसले मानिसहरूको जीवनका विभिन्न पक्षहरूमा जोड्न मद्दत पुर्याउँछ, चाहे त्यो कला होस्, खेलकुद होस्, टेक्नोलोजी होस् वा बालबालिकाको शिक्षा नै ।

सम्बन्धित समाचार