कीवर्डहरू -

सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने

सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् ।

बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा प्रयोगकर्ताहरू यो इ-कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् । कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने  झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रूपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई-कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुने विश्वास गरेका छन् ।