साइबर सुरक्षा कम्पनी सेक्युरिटी पालले पहिलो पटक सगरमाथा हिमाल क्षेत्रमा सुरक्षा समीक्षा/प्रश्नावली (सेक्युरिटी रिभ्यू) सम्पन्न गरेको छ । यस प्रोजेक्ट बारे सेक्युरिटी पालका संस्थापक पुकार हमालले आफ्नो लिंक्डइनमा आधिकारिक पोस्ट गरेर जानकारी दिएका हुन् ।
यो सम्भवतः अहिलेसम्मकै जमिनमा पूरा भएको सर्वोच्च उचाइमा सञ्चालन गरिएको सुरक्षा समीक्षा भएको हमालको भनाइ छ ।
नेपालको गतिशील र चुनौतीपूर्ण भौगोलिक संरचना बाबजुद पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई व्यापारिक कारोबारमा हरेक दिन नेभिगेट गर्न मद्दत गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीको यो कार्यले कस्टुमर एशुरेन्स एरा (सिएएक्स) को कठिन परिस्थितीमा नडराउने प्रतिक भएको हमालले बताएका छन् ।
सान फ्रान्सिस्को, क्यालिफोर्नियामा आधारित, सेक्युरिटी पाल एक अग्रगामी अमेरिकी टेक्नोलोजी फर्म हो, जसले कस्टुमर एस्योरेन्स प्लेटफर्म (सिएएक्स)™ विकास गर्ने गर्दछ । सेक्युरिटी पालले नेपालमा समेत आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ।