कीवर्डहरू -

साइबर अपराध बढ्दै, आफ्नो डिभाइस सुरक्षित राख्न यी उपायहरू अपनाउनुहोस्

साइबर अपराध बढ्दै, आफ्नो डिभाइस सुरक्षित राख्न यी उपायहरू अपनाउनुहोस्

दिन प्रतिदिन साइबर अपराधका घटना बढ्दै गइरहेका छन् । यस्तो अवस्थामा आफ्नो डिभाइसलाई सुरक्षित राख्नु अत्यन्तै आवश्यक छ ।

यदि डिभाइस सुरक्षित छैन भने व्यक्तिगत डेटा साथै बैंकिङसँग सम्बन्धित जानकारी पनि चोरी हुन सक्छ । केही उपायहरू अपनाएर तपाईं आफ्नो डेटा सुरक्षित राख्न सक्नुहुन्छ ।

पासवर्डको सट्टा पासकी प्रयोग गर्नुहोस्

पासकी एउटा आधुनिक र पासवर्ड–रहित लगइन प्रणाली हो । यो प्रविधि तपाईंको फिंगरप्रिन्ट, फेस आइडी वा डिभाइस पिनमार्फत काम गर्छ । यसको प्रयोगले तपाईंको फोनलाई अझ सुरक्षित बनाउन सकिन्छ ।

एप्लिकेसन एक्सेस नियन्त्रण गर्नुहोस्

आफ्नो स्मार्टफोनमा एप्लिकेसनहरूलाई दिइएको अनुमति नियमित रूपमा जाँच गर्दै गर्नुहोस् । अनधिकृत पहुँच र गलत प्रयोगको जोखिम कम गर्नका लागि यो उपाय फाइदाजनक हुन सक्छ ।

मोबाइल एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस्

आफ्नो स्मार्टफोनमा मालवेयर पत्ता लगाउन र हटाउन मोबाइल एन्टिभाइरस सफ्टवेयर प्रयोग गरेर हप्तामा कम्तीमा २ पटक स्क्यान गर्नुहोस् । यसले तपाईंको बैंकिङ विवरण र अन्य व्यक्तिगत डेटा सुरक्षित राख्न मद्दत पुर्याउन सक्छ ।

सिस्टमलाई अपडेट गर्नुहोस्

आफ्नो स्मार्टफोनमा समय–समयमा सिस्टम अपडेट चेक गर्दै गर्नुहोस् । विभिन्न सुरक्षा सम्बन्धी अपडेटहरू स्मार्टफोनमा आउँदै रहन्छन्। त्यसैले केवल सिस्टम मात्र होइन, फोनमा इन्स्टल गरिएका एपहरू पनि नियमित रूपमा अपडेट गर्नु फाइदाजनक हुन्छ ।