कीवर्डहरू -

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्‍याएपछि सेवा अवरूद्ध भएको छ । टावरमा क्षति पुगेपछि नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा कम्पनीले दु:ख प्रकट गरेको छ । 

सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा पौष ४ गते सोलार प्यानल, भिस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने टेलिकमले जानकारी दिएको छ । 

सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्या‍उने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनुहुन समेत नेपाल टेलिकम  सबैमा  अनुरोध गर्दछ ।