देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टु गुड टु मिस!’ सेलमार्फत गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुनेछ।
अभियान अवधिभर ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर तथा सहज र भरपर्दो अनलाइन शपिङ अनुभव प्राप्त गर्नेछन्। २.२ सेल अन्तर्गत ग्राहकहरूले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्याश सेल, ६० प्रतिशतसम्मको मेगा डिल्स तथा छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरी सुविधा लिन सक्नेछन्।
यसले फेब्रुअरी किनमेललाई अझ किफायती र रोमाञ्चक बनाउने दराजको विश्वास छ। यस अभियानमार्फत दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिनेछ, जसलाई एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित थप सुदृढ बनाइएको छ।
स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत दैनिक रूपमा आवश्यक सामग्रीहरू वर्षभर नै किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित ईडीपीएल ल्याइएको हो। यस अवधारणाले सेल कुर्नु नपर्ने भरपर्दो मूल्य, १–३ दिनभित्रको छिटो डेलिभरी, ‘बाइ ३ मा फ्री शिपिङ’ अफर तथा ४ वा सोभन्दा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहारको सुविधा सुनिश्चित गर्दछ।
२.२ सेलमा अग्रणी ब्रान्डहरूसँगको विशेष साझेदारी अफरहरू पनि समावेश गरिएका छन्। प्लाटिनम पार्टनर सेटाफिलबाट १० प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्रान्डहाउसबाट ५० प्रतिशतसम्म छुटसहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनर नाइक र फिन्सिराबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
फेब्रुअरी १ को राति ८ बजे सुरु हुने यस अभियानको मुख्य आकर्षणका रूपमा क्रेजी फ्ल्याश सेल रहनेछ, जसअन्तर्गत सीमित समय र सीमित स्टकमा विशेष अफरहरू उपलब्ध गराइनेछन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेलमार्फत विभिन्न उत्पादनहरूमा आकर्षक छुट प्रदान गरिने दराजले जनाएको छ, जसले ग्राहकहरूमा प्रत्येक दिन नयाँ उत्साह थप्ने विश्वास कम्पनीको छ।
अझ रोमाञ्चक कुरा के छ भने, २.२ फ्याबुलस फेब सेल अवधिभर रु. ३,००० वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी/२५६ जीबी) स्मार्टफोन जित्ने अवसर पनि पाउनेछन्।
ग्राहकको विश्वासलाई थप मजबुत बनाउने उद्देश्यसहित दराजले बेस्ट प्राइस ट्याग भएका उत्पादनहरूमा २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू गरेको छ। यस अन्तर्गत नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजभन्दा कम मूल्यमा उपलब्ध भएमा, लागू सर्तअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
अद्वितीय छुट, आकर्षक उपहार जित्ने अवसर र सहज अनलाइन किनमेल अनुभवका साथ ‘२.२ फ्याबुलस फेब, टु गुड टु मिस!’ सेलले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायतका विभिन्न श्रेणीमा ग्राहकहरूका लागि फेब्रुअरी किनमेललाई वास्तवमै शानदार बनाउने दराज नेपालको विश्वास छ।
आईसीटी समाचार