कीवर्डहरू -

दराज नेपालको ‘४.४ नव वर्ष उत्सव’ घोषणा: ७५ प्रतिशत छुट, लाखौँका भौचर र भव्य उपहार योजना

दराज नेपालको ‘४.४ नव वर्ष उत्सव’ घोषणा: ७५ प्रतिशत छुट, लाखौँका भौचर र भव्य उपहार योजना

नयाँ वर्ष २०८३ को स्वागतका लागि देशभर तयारी भइरहँदा नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। ग्राहकलाई नयाँ वर्षमा विशेष सपिङ अनुभव प्रदान गर्ने उद्देश्यले दराजले चैत २० गते बेलुका ८ बजेदेखि चैत २७ गतेसम्मका लागि यो सेल मेला सुरु गर्न लागेको हो। 

यो मेलामा ग्राहकले ७५ प्रतिशतसम्मको मेगा छुट, निःशुल्क होम डेलिभरी र कुल ८३ लाख रुपैयाँ बराबरका सपिङ भौचरहरू प्राप्त गर्न सक्नेछन्। नयाँ सुरुवातको उमंगलाई थप उत्साहजनक बनाउन दराजले यो एक साता लामो किनमेल महोत्सवमा विभिन्न ब्रान्ड र बैंकहरूसँग ठूलो साझेदारी गरेको छ। 

यो अभियान अवधिभर ग्राहकले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू पाउनेछन्। कम्पनीका अनुसार प्लेटिनम पार्टनरका रूपमा रहेका चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टका उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

त्यस्तै गोल्ड पार्टनरहरू फोरया र एक्सएजले ६० प्रतिशत तथा सिल्भर पार्टनरहरू नाइक, फ्यानटेक र पीसेफले आफ्ना उत्पादनमा ६५ प्रतिशतसम्म नयाँ वर्ष छुट दिने घोषणा गरेका छन्।

अनलाइन किनमेललाई अझ सस्तो र पहुँचयोग्य बनाउन दराजले नेपालका चार प्रमुख बैंकहरूसँग सहकार्य गरेको छ। जसअन्तर्गत नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ७५० रुपैयाँ) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) सम्म थप छुट प्राप्त गर्न सक्नेछन्। 

डिजिटल वालेट ईसेवा र खल्ती प्रयोगकर्ताहरूका लागि पनि दराजले विशेष ‘रश आवर’ अफरहरू ल्याएको छ। यसका अतिरिक्त ग्राहकले दैनिक ४४, ४४४, १४४४ र २४४४ रुपैयाँका आकर्षक डिलहरू समेत प्राप्त गर्नेछन् भने नयाँ वर्षको थिमसँग जोडेर २ हजार ८३ रुपैयाँका विशेष क्याटेगरी अफरहरू पनि सञ्चालन गरिनेछ।

उत्सवको माहोललाई थप रोमाञ्चक बनाउन दराजले यसपटक उपहारहरूको ठूलो सूची नै तयार पारेको छ। यस अभियानको मुख्य आकर्षणका रूपमा फिलिप्सको सहयोगमा उपलब्ध गराइने भव्य ग्रान्ड पुरस्कार रहेको छ। यस अन्तर्गत एक जना भाग्यशाली विजेताले करिब १ लाख ८० हजार रुपैयाँ बराबरका १५ वटा साना होम अप्लायन्सहरू समावेश भएको प्रिमियम बन्डल जित्ने अवसर पाउनेछन्। 

त्यसैगरी ९० हजार रुपैयाँ मूल्यको भिभो भी७० स्मार्टफोन, साढे १८ हजारको बडी जिम एक्सरसाइज साइकल, १२ हजार मूल्य बराबरका विभिन्न डिस्प्ले र्‍याक र हेल्मेटहरू पनि उपहारका रूपमा वितरण गरिनेछ। यी पुरस्कारहरूका लागि योग्य हुन ग्राहकले सेल अवधिभर कम्तीमा ५ हजार रुपैयाँको खरिद गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेको हुनुपर्नेछ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले ४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन्। उनले बलियो ब्रान्ड साझेदारी र आकर्षक भुक्तानी अफरहरूमार्फत ग्राहकलाई नयाँ वर्ष २०८३ को स्वागतका लागि उत्कृष्ट सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइन्।