कीवर्डहरू -

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिकत्सव अभियान सार्वजनिक गरेको छ । ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधासहित दराजले एनिभर्सरी सेल घोषणा गरेको हो । 

भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

न्यूनतम मूल्य .४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा रहेको छ । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भौचरहरू सङ्कलन गर्न सक्नेछन् ।  

साथै अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगोरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । 

त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । 

कम्पनीका अनुसार ९.९  वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा  विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नेछ ।