कीवर्डहरू -

दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट

दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित  ७५ प्रतिशतसम्म छुट

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान सोमबारदेखि  वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । 

यस अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने बताइएको छ । 

५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका विक्रेताहरू बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा हो । यसका लागि दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी फ्री डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिने छ ।