दशैंको अवसरनमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। यस अवसरमा नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा पाइने छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका यस दशैंमा, केवल विशेष मूल्य मात्र प्रदान नगेरर अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव प्रदान गर्ने बताए । यसले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सघाउने कम्पनीको विश्वा छ ।
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५० हजार रूपैयाँसम्मको क्यासबेक पाउन सक्छन् ।
यसको अतिरिक्त, नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ० प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिने छ ।
यसमा १८ महिनाको बीमा पनि समावेश रहेको छ । यस प्रक्रियामा तपाईंको नागरिकताको प्रमाणपत्र भए मात्रै पुग्ने छ ।
| 
			 मोडेल  | 
			
			 अघिल्लो मूल्य  | 
			
			 नयाँ मूल्य  | 
			
			 क्यासब्याक  | 
		
| 
			 जी फोल्ड६ (१२+५१२ जीबी)  | 
			
			 २,२९,९९९  | 
			
			 १,७९,९९९  | 
			
			 ५०,०००  | 
		
| 
			 जी फोल्ड६ (१२+२५६ जीबी)  | 
			
			 २,१४,९९९  | 
			
			 १,६४,९९९  | 
			
			 ५०,०००  | 
		
| 
			 जी फ्लिप६ (१२+२५६ जीबी)  | 
			
			 १,३९,९९९  | 
			
			 ९९,९९९  | 
			
			 ४०,०००  | 
		
                  
                  
              
                                      आईसीटी समाचार