कीवर्डहरू -

शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा

शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा

इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा शतकदेखि रनसम्म बनाउने खेलाडीलाई नग पुरस्कारको घोषणा गरेको छ । 

एकै खेलमा शतक बनाउने र पाँच विकेट लिने खेलाडीलाई २० लाख, शतक हानेमा १० लाख, ५ विकेट लिनेलाई ५ लाख, अर्ध शतक बनाउनेलाई १ लाख, ३ विकेट लिनेलाई १ लाख, ३५ रन बनाउनेलाई ५० हजार र ३ क्याचेच/स्टम्पिङ गरेमा ५० हजार पुरस्कार दिने घोषणा गरेको हो । 

क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयासलाई अझै हौसला प्रदान गर्न पुरस्कार घोषना गरेको डिशहोमले जनाएको छ । 

आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा नेपालले ओमानसँग बिहीबार सेमिफाइनल खेल खेल्दै छ । 

null