कीवर्डहरू -

नेपालमा दीपल एस०७ आईसीए सार्वजनिक, यस्ता ‘स्मार्ट’ सुविधा

नेपालमा दीपल एस०७ आईसीए सार्वजनिक, यस्ता ‘स्मार्ट’ सुविधा

विद्युतीय सवारीको वितरक एमएडब्लु वृद्धिले नेपालको विद्युतीय सवारी बजारमा लोकप्रिय मोडेल दीपल एस०७ को नयाँ संस्करण दीपल एस०७ आईसीए  सार्वजनिक गरेको छ । 

दीपलको यो नयाँ संस्करण अझ उन्नत कनेक्टिभिटी, स्मार्ट फिचर र लक्जरी डिजाइनसहित बजारमा आएको कम्पनीको भनाइ छ । 

दीपल एस०७ आईसीए  नयाँ नेब्युला ब्लु रङमा उपलब्ध छ, जसमा नयाँ डिजाइनका अलोय ह्विल प्रयोग गरिएको छ। यसमा ६८.८ किलोवाट क्षमता भएको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा ४१० किलोमिटर WLTP दायरा दिनसक्ने बताइएको छ ।

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले दीपल एस०७ आईसीए  केवल अपग्रेड मात्र नभएर नेपालको सबैभन्दा आकर्षक र अत्याधुनिक कनेक्टेड ईभी भएको बताए । 
नेपालमा हालसम्म ९५० भन्दा बढी दीपल सवारी साधनहरू बिक्री भइसकेका छन् । 

‘स्मार्ट’ कार

दीपल एस०७ आईसीए सँग अब विशेष मोबाइल एप्लिकेसन मार्फत कारको झ्याल, एसी, चार्जिङ स्थिति र लोकेशन टाढाबाटै नियन्त्रण गर्न सकिने सुविधा छ । साथै, यसमा फोरजी/फाइभजी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप एकिकरण, अमेजन म्युनिक, स्पोटिफाई र लाइभ नेभिगेसन जस्ता फिचरहरू पनि समावेश छन् ।

यसमा पहिलो पटक प्रयोग गरिएका १० भन्दा बढी नवीनतम प्रविधिहरू छन्, जसमा ५३ इन्चको AR HUD, क्वालकम 8155 चिप, L2.5 स्वायत्त ड्राइभिङ सहायता प्रणाली, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, इशारा नियन्त्रित अपरेसन, फ्रेमलेस ढोका, फ्लस डोर ह्यान्डल र १.९ वर्ग मिटरको प्यानोरामिक सनरूफ जस्ता फिचरहरू प्रमुख छन्।

दीपल एस०७ आईसीए को सार्वजनिक अवसरमा कम्पनीले ‘Zero Ownership Cost for 5 Years’ योजना पनि घोषणा गरेको छ। यस अन्तर्गत ग्राहकहरूले बीमा, मर्मत खर्च, चार्जिङका लागि विद्युत् शुल्क र सडक कर समेत पाँच वर्षसम्म निःशुल्क पाउनेछन् ।

उत्कृष्ट डिजाइन, उन्नत प्रविधि र सहज स्वामित्व योजनासहित दीपल एस०७ आईसीए ले नेपाली ईभी बजारमा अग्रणी स्थान कायम राख्ने विश्वास गरिएको छ।