एमएडब्लू वृद्धिले अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी दीपल एस ०७ एल सार्वजनिक गरेको छ ।
नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल एस ०७ को अभूतपूर्व सफलतामा निर्मित डीपल एस ०७ एलले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ उपलब्ध भएको हो ।
डीपल एस ०७ एलले १६० किलोवाट रियर-ह्वील ड्राइभ मोटरको साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने बताइएको छ, जुन ७९.९ किलोवाटको बलियो ब्याट्री प्याकसँग जोडिएको छ ।
यो पावरहाउस संयोजनले सिंगल चार्जमा असाधारण ४८५ kM WLTP को दायरा प्रदान गर्दछ जसले लामो दूरीको यात्रालाई चिन्तामुक्त बनाउँने छ । एस ०७ एलको प्रतिघण्टा १८० किलोमिटरको उच्चतम गति रहेको छ ।
डिपल एस ०७ एलमा बोल्ड र परिष्कृत डिजाइन रहेको छ । यसका मुख्य विशेषताहरूमा फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा संचालित १५.६ इन्चको टचस्क्रिन, अगमेन्टेड रियालिटी (AR) हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट, DAS २.५ र अन्य धेरै कुराहरु समावेश छन् ।
डिपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । तर १५ दिनको लागि यो गाडी मात्र ८१ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुनेछ ।
डीपल एस ७ एलको सुरुवातको अवसरमा एमएडब्लू वृद्धिले माघ ५ देखि १२ गतेसम्म शोरूममा टेस्ट ड्राइभ अभियान सुरु गरेको छ । अभियानमा उत्कृष्ट रिकन्डिसन हाउसहरूबाट उत्कृष्ट एक्सचेन्ज मूल्य, नि:शुल्क सडक कर, नि:शुल्क अटो प्लस बीमा र नि:शुल्क ७ किलोवाट चार्जर ज्सता सुविधा समावेश छ ।