कीवर्डहरू -

काठमाडौँमा १०० टाटा पन्च ईभीको डेलिभरी

काठमाडौँमा १०० टाटा पन्च ईभीको डेलिभरी

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १०० बढी युनिट बिक्री भएको छ ।

उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ । पन्च ईभीको नाडाको पहिलो दिनमै १०० बढी बुकिङ लिएर बिक्री सुरु भएको थियो ।

पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।  

साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।  टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।