कीवर्डहरू -

वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरू

वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरू

सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुम उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु भएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको छ । कम्पनीले टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्लेको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।