डेल्टा एयरलाइन्सले लस भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा नयाँ प्रविधि घोषणा गरेको छ ।
कम्पनीले आफ्नो मोबाइल एपमा ‘डेल्टा कन्सिएर्ज’ नामक जेनेरेटिभ एआई समावेश गर्ने योजना घोषणा गरेको हो ।
यसले पासपोर्ट रिमाइन्डर, ढिलाइ हुँदा यात्रा लागि सुझाव, र बुकिङ सेवा लगायतमा सहयोग गर्नेछ ।
डेल्टाले युट्युबसँगको साझेदारीमार्फत आफ्नो उडानहरूमा विज्ञापनरहित स्ट्रिमिङको सुविधा दिने घोषणा पनि गरेको छ ।
एयरलाइन्सले एयरबससँग सहकार्य गर्दै सन् २०५० सम्म ९५ प्रतिशत दिगो उड्डयन इन्धन प्रयोग गर्ने लक्ष्य पनि राखेको छ ।
यसबाहेक, डेल्टाले लिफ्टसँगको साझेदारी अन्त्य गर्दै अब एअरपोर्ट यातायात सेवाहरूका लागि उबरसँग सहकार्य गर्ने घोषणा गरेको छ ।