कीवर्डहरू -

एआई युगमा पनि मानव अपरिहार्य: एआई गल्ती सच्याउने कपीराइटरहरूको माग र आम्दानी बढ्यो

एआई युगमा पनि मानव अपरिहार्य: एआई गल्ती सच्याउने कपीराइटरहरूको माग र आम्दानी बढ्यो

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आएले मानिसको रोजगारी खोस्छ भन्ने त हामीले सुन्दै आएको छौं । तर अहिले एआईका गल्तीहरू सच्याउनका लागि मानिसहरूलाई नै भर्ती गरिँदैछ ।

यो जानकारी एक कन्टेन्ट राइटर मेमा साराले दिएकी हुन्, जो हालै एआईका गल्तीहरू सच्याउने काम गरिरहेकी छिन्  ।

एआईको युगमा जहाँ धेरैलाई डर छ कि उनीहरूको जागिर जानेछ, त्यहाँ अमेरिकाकी सारा स्किडजस्ता पेशेवरहरूले विपरीत अनुभव गरिरहेका छन् । सारा एक प्रोडक्ट मार्केटिङ म्यानेजर हुन् जसले टेक र स्टार्टअप कम्पनीहरूको लागि कन्टेन्ट लेख्ने काम गर्थिन्, तर अहिले उनको काम एआई सम्बन्धी गल्तीहरू ठीक गर्नेमा पनि सीमित भएको छ र उनी त्यसबाट राम्रै आम्दानी गरिरहेकी छन् ।

'एक होस्पिटालिटी क्लाइन्टको वेबसाइटका एआईबाट सिर्जना कपी कमजोर र नीरस भएकोले तुरुन्त सुधार आवश्यक भएको भन्दै सारालाई एक कन्टेन्ट एजेन्सीबाट फोन आएको थियो,' सारा भन्छिन्, “त्यो कपी एकदमै साधारण थियो, पूरै नीरस, जबकि यसको उद्देश्य आकर्षित गर्नु र बेच्नु थियो, तर त्यो कसैको ध्यान नै आर्कषण गर्न सकेन ।”

त्यसमा सारा करिब २० घण्टा काम गरिनन् र प्रति घण्टा १०० डलर शुल्क लिएको थिइन । अर्थात् एउटा प्रोजेक्टबाट उनले लगभग २ हजार डलर कमाइिन् । साधारण सुधारभन्दा बढि उनलाई पुरै कपी नै फेरि लेख्नुपर्‍यो ।

सारालाई यो चिन्ता छैन कि कम्पनीहरूले एआई जस्तै च्याटजीपीटी प्रयोग गरेर राइटरहरूको ठाउँ लिंदैछन् । धेरै राइटरहरू अहिले केवल एआईद्वारा लेखिएको कन्टेन्टलाई ठीक गर्ने काममै व्यस्त भएको उनको भनाइ छ । 

अमेरिकी क्लाइन्टहरूको लागि एआईले लेखेको कन्टेन्ट एडिट गर्ने  कपीराइटर कशिश बारोट भन्छिन्, 'एआईको स्पीडले क्लाइन्टहरूको अपेक्षा अवास्तविक बनाएको छ । सबैलाई लाग्छ काम मिनेटमै हुन्छ, तर राम्रो एडिटिङ र राइटिङ सोच्ने मेहनत हो, केवल डेटा क्युरेट गर्ने काम होइन ।'

बेलायतको ह्याम्पशायरस्थित डिजिटल मार्केटिंग एजेन्सी ‘क्रियट डिजाइन्स’ की को–ओनर सोफी वर्नरले विगत ६–८ महिनामा यस्ता क्लाइन्टहरूको संख्या बढेको बताइन । १५ मिनेटको काम च्याटजीपीटी मार्फत गराउँदा वेबसाइटमा गडबडी आएर व्यवसाय तीन दिन बन्द हुँदा £३६० घाटा भएको एक क्लाइन्टले उनलाई बताएका थिए । 

सोफीको निष्कर्ष छ - एआई उपयोगी उपकरण हो, तर ब्रान्डको यूनिक पहिचान, टार्गेट अडियन्स र डिजाइन स्ट्राटेजीको समझ लिएर काम गर्न मनिसै विशेषज्ञ आवश्यक छन् । एआई एक उत्कृष्ट टूल हुन सक्छ, तर यसले हाम्रो उद्योगमा मानवीय विशेषज्ञता र सन्दर्भको प्रतिस्थापन कहिल्यै गर्न सक्दैन ।