नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित आफ्ना सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग भएको भन्ने समाचारको पूर्ण रूपमा खण्डन गरेको छ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दीपक भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भूकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचार प्रकाशित भएकोप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ।”
विज्ञप्तिमा स्पष्ट पारिएअनुसार, दीपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कम्पनीको कुनै संलग्नता नभएको र कुनै कारोबार नगरेको जनाइएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको समेत जनाउँदै सम्पूर्ण सरोकारवालाहरूमा यो जानकारी गराउन चाहेको छ।
आईसीटी समाचार