कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान

दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदान पुर्‍याए वापत चन्द्रलोक प्रतिष्ठानले बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरेको हो । 

बासुकला विगत १५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय छिन् । इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक र दक्षिण कोरियाको इन्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीज एडभान्समेन्टबाट छात्रवृत्तिमा इन्फर्मेसन एण्ड कम्युनिकेसनमा इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छन् ।

यस्तै त्रिभुवन विश्वविद्यालयबाट एलएलबी डिग्री र जन प्रशासनमा स्नातकोत्तर डिग्री हासिल गरेकी छन् । सूचना प्रविधिमा महिलाहरूको सहभागीता बढाउन र पहुँच अभिवृद्धि गर्न विभिन्न काम गर्दै आएकी रोजाको नेपालमा फोरजी सेवाहरूको लागि रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम व्यवस्थापनमा योगदान रहेको छ । 

सन् २०२२ मा उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महिला तर्फको नेशनल आइसिटी अवार्डबाट समेत सम्मान गरेको थियो ।