कीवर्डहरू -

काठमाडौंमा डेभकन २०२५ आयोजना हुँदै, एआई र डेटाको विषयमा छलफल हुने

काठमाडौंमा डेभकन २०२५ आयोजना हुँदै, एआई र डेटाको विषयमा छलफल हुने

वैशाख २५ गते काठमाडौंमा डेभकन २०२५ कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वानेश्वरको अल्फा हाउसमा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरू समेत सहभागी हुनेछन् । 

डेभकन २०२५ मा एआई, डेटा गोपनीयता, सफ्टवेयर डेभलपमेन्ट, एजाइल, डेटा एनालाइटिक्स लगायतका विषमा छलफल हुनेछ । 

एडिट इन्टरप्राइजेजले आयोजना गर्ने कार्यक्रममा कीनोट स्पीकरको रूपमा अमेरिकाको पिट्सवर्ग विश्वविद्यालयका प्राध्यापक डा. जेम्स जोशी, इन्फाइनाइट नेपालकी बरिष्ठ प्रबन्धक स्मृति पत्रवंश र क्राउडस्ट्राइक युकेका सफ्टवेयर इन्जिनियर रिकी श्रेष्ठ रहेका छन् । 

बिहान ८ बजेदेखि सुरू हुने कार्यक्रममा प्यानल संवाद समेत हुनेछ । उक्त छलफलमा वक्ताको रूपमा डा. जेम्स जोशी, फ्लिटपाण्डाकी प्रोजेक्ट म्यानेजर संगीता शर्मा र त्रिविको सीएसआईटी विभागका प्रमुख सर्बिन सायमी हुनेछन् । 

कार्यक्रमले प्रविधिको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे बहस तथा अन्तरक्रिया गर्दै उद्योग र शिक्षाको सहकार्यलाई थप मजबुत बनाउने एडिट इन्टरप्राइजेज बताएको छ । 

null