काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।
काठमाडौं फिनटेकको आयोजना र फिनटेक अलायन्स नेपालको सह आयोजनामा काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको हो ।
कन्फेरेन्समा डिजिटल बैंकिङ, फिनटेक, डिजिटल रूपान्तरणका अवसर र चुनौती, एआई र नवीन प्रविधि लगायतको विषयमा छलफल हुनेछ ।
एकदिने कन्फेरेन्समा ४ जना किनोट स्पीकर, ६ सेसन र २८ जना डिजिटल बैंकिङ, फिनटेक लगायता डिजिटल क्षेत्रका विज्ञ वक्ताहरू रहेका छन् ।