कीवर्डहरू -

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४ मोरङको सुकुना माविलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४ मोरङको सुकुना माविलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२४ मोरङको सुकुना माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा सकुना माविलाई पब्लिक सेक्टरतर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड प्रदान गरिएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । 

यस वर्ष प्रविधिको प्रयोग गरी उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा अग्रसर सुकुनालाई डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो । 

२०२९ सालमा मोरङको सुन्दरहरैचामा स्थापना भएको सुकुना माध्यमिक विद्यालयले प्राविधिक तथा डिजिटल शिक्षण सिकाइलाई विशेष प्राथमिकता दिएको छ । ४२ सय बिद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले डिजिटल शिकाइका लागि शिक्षा चौतारी, माइ सेकेण्ड टिचर, ई-पुस्तकालय जस्ता प्लाटफर्मको प्रयोग गरिरहेको छ । 

शिक्षा सफ्टवेयरमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई जोड्ने प्रयास गरेको छ । होमवर्क, परीक्षा र अपडेटहरुको लागि एपको पनि प्रयोग भइरहेको छ । 

विद्यार्थीहरु विद्यालयमा आउँदा र घर फर्कदा गेटबाट अटोमेटिक एटेन्डेन्स हुन्छ र अभिवावकलाई जानकारीको म्यासेज पनि पठाउँछ । 

विद्यालयमा ११० बढी कम्प्युटर डीभाइस, २० स्मार्ट बोर्ड र ३० बढी प्रोजेक्टर र अन्य डिभाइसहरु मार्फत डिजिटल एजुकेसनलाइ अगाडी बढाउने प्रयास गरिरहनुभएको छ । विद्यालयले अतिरिक्त क्रियाकलापको रूपमा विभिन्न विज्ञान प्रदर्शनी, स्टिम क्याम्प जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।