आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै बिहीबार ‘डिजिटल लिडरशिप डायलग’ आयोजना गर्ने भएको छ। ‘डिजिटल लिडरशिप र नीति’ विषयमा केन्द्रित हुने उक्त कार्यक्रम माघ २२ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ।
‘Shaping a Digital Agenda: Strategic Priorities for Political Manifestos’ भन्ने मूल नारासहित आयोजना हुने यस अन्तरक्रियात्मक छलफलमा नीति निर्माता, राजनीतिक नेता, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ।
राजनीतिक दल तथा उम्मेदवारका घोषणापत्रमा हाल समावेश भइरहेका डिजिटल एजेन्डा र आगामी दिनमा समावेश हुनुपर्ने विषयवस्तुमा केन्द्रित रही फोकस ग्रुप छलफल, विज्ञ प्रस्तुति तथा प्यानल डिस्कसन सञ्चालन गरिनेछ।
यस संवादले राष्ट्रिय डिजिटल एजेन्डा निर्माणमा टेवा पुर्याउनुका साथै राजनीतिक दलहरूलाई प्रविधिमैत्री, समावेशी तथा व्यवहारिक घोषणापत्र तयार गर्न सहयोग पुग्ने विश्वास आइसिटी फाउन्डेसन नेपालले व्यक्त गरेको छ।
आईसीटी समाचार