एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बिच बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले सर्जरी मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेस्टिगेसन र अप्टिकल तथा लेन्समामा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।