कीवर्डहरू -

आईएमई पेले जित्यो डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४

आईएमई पेले जित्यो डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४ आईएमई पेले प्राप्त गरेको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा आईएमई पेलाई डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो । 

सर्वसाधारण जनतालाई दिने सेवा सुविधालाई सूचना प्रविधिमार्फत छिटो, छरितो र सरल तरिकाबाट प्रदान गर्ने संस्थालाई यो अवार्ड प्रदान गरिन्छ । सोही अनुसार यस वर्ष आईएमई पेले डिजिटल सर्भिसेस आइसिटी अवार्ड प्राप्त गरेको हो । 

डिजिटल भुक्तानीको क्षेत्रमा सुरुवाती पेमेन्ट सर्भिस प्रोभाइडरको रुपमा सेवा गरिरहेको डिजिटल सर्भिस हो, आइएमई पे ।

आईएमई पेका ४० लाख बढी प्रयोगकर्ता रहेका छन्, जुन गत वर्ष भन्दा ३० प्रतिशत वृद्धि हो । भिसा कार्ड, ईएमआई, रेमिट्यान्स, बाई नाऊ पे लेटर, वैदेशिक रोजगारीका लागि बिना धितो कर्जासहित विभिन्न डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै आएको आईएमई पे, वालेटमा रहेको ब्यालेन्समा ब्याज दिने नेपालको एकमात्र डिजिटल वालेट हो । 

वित्तीय समावेशीतामा जोड दिदै आएको आईएमई पेले पछिल्लो समय नियो बैंक अवधारणामा काम गरिरहेको छ । कोभिड यता आईएमई पेबाट ९६ अर्ब कारोबार भइसकेको छ ।