कीवर्डहरू -

डिजिटल वालेटकाे केवाईसी भर्ने तरिका (भिडिओ)

डिजिटल वालेटकाे केवाईसी भर्ने तरिका (भिडिओ)

नेपालमा डिजिटल भुक्तानीको जग बसाल्न डिजिटल वालेटहरूले महत्त्वपूर्ण भूमिका खलेका छन् । तपाई हामीले पनि विभिन्न प्रकारको भुक्तानीका लागि डिजिटल वालेटहरूको प्रयोग गर्दै आएका छौं । तर के तपाईले आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भर्नु भएको छ ? 

नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताले अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट आपराधिक गतिविधि रोकिने राष्ट्र बैंकको विश्वास छ । 

केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेटको खाता सञ्चालनमा रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ । केवाईसी प्रमाणीकरण गरेपश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने छ ।

यदी आफुले प्रयोग गर्ने डिजिटल वालेटको केवाईसी भेरिफाइ गर्नुभएको छैन् भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईलाई वालेटको केवाईसी कसरी भर्ने बारे सिकाउने छौं ।