कीवर्डहरू -

डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने

डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने

आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।

डिजिटल वालेट इसेवाले कुनै पनि प्रकारको कारोबार गर्ने सबै ग्राहकहरुको लागि केवाईसी प्रमाणीकरण अनिवार्य गरेको जानकारी दिएको हो । 

null

राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार यही २०८१ साल श्रावण महिनाको १ गते देखि सबै डिजिटल वालेट प्रयोगकर्ताहरुले आफ्नो वालेटको अनिवार्य रुपमा प्रमाणित गर्नुपर्ने इसेवाले जनाएको छ । 
केवाईसी प्रमाणित नभएका डिजिटल वालेटहरुको कारोबार रोक्का हुनेछ । 

इसेवाको अकाउन्ट कसरी गर्ने प्रमाणीत ? 

- आफ्नो eSewa App मा Login गर्नुहोस् 
-Profile Picture मा Click गर्नुहोस् 
- My Information मा Click गर्नुहोस् 
- "Continue" मा Click गरि आवश्यक विवरणहरु भर्नुहोस् 
-  आफ्नो कागजपत्रहरु अपलोड गरि केवाईसी प्रक्रिया पुरा गर्न सकिने छ