सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा भने स्वीकृत भइसकेको छैन् । पौड्याल २०५४ साल मंसिरमा अधिकृतको रूपमा सरकारी सेवा प्रवेश गरेका थिए ।
सरकारी सेवामा हुँदा उनले लोकसेवा आयोग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरिसकेका छन् ।
करिब १ वर्ष अगाडि प्रधानमन्त्री कार्यालयबाट उनको सरूवा सूचना प्रविधि विभागमा भएको थियो ।