नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा आकर्षक छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउनेसम्बन्धी विषयमा नबिल बैंक र भिभान्ता होटल बीच समझदारी भएको छ ।
सम्झौतापत्रमा नबिल बैंक फूलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरे ।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटीएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख छ ।