कीवर्डहरू -

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।

ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा  ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले https://campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।