कीवर्डहरू -

डल्लेका सम्पूर्ण आउटलेटमा डिशहोमका ग्राहकलाई छुट

डल्लेका सम्पूर्ण आउटलेटमा डिशहोमका ग्राहकलाई छुट

डीटीएच सेवा प्रदायक तथा डिजिटल कम्पनी डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ ।

यस सहकार्यअन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।

यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुपर्नेछ ।