देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो कार्ड एक्टिभ डिशहोम ग्राहकहरूले “माइ डिशहोम एप” मार्फत पाउनेछन्, जसबाट उनीहरूले देशभरका विभिन्न प्रतिष्ठित ब्रान्ड र सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
डिशहोमका सीईओ तारा मानन्धरले भर्चुअल प्रिभिलेज कार्डमार्फत डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताए ।
सुरुवाती चरणमा, १० प्रमुख ब्रान्डका ३५ वटा आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका छन्। ग्राहकहरूले निम्न स्थानहरूमा छुट तथा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्:
सुरुवाती साझेदार ब्रान्डहरू
१. बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन – निर्धारित आउटलेटहरू
२. सिद्धार्थ हस्पिटालिटी ग्रुप – महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा, बौद्ध, नेपालगञ्ज, नारायणगढ, बुटवल, बिर्तामोड, टिकापुर, ललितपुर, धोम्बोजी, मनमोहन, महाराजगञ्ज लगायतका स्थानहरू
३. होटल ले हिमालय – काठमाडौं
४. लेक साइड रिट्रिट – पोखरा
५. इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स – हरकपुर, मौलाकाली, बाग्लुङ
६. मेलुङ ठकाली – सबै आउटलेट
७. साकी एण्ड फेङ रेस्टुरेन्ट – काठमाडौं
८. लुम्बिनी केबलकार – बुटवल
९. मौलाकाली केबलकार – गैडाकोट, चितवन
१०. अचार घर – कमलपोखरी, कुपन्डोल
ग्राहकहरूले माइ डिशहोम एप (प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी) मा उपलब्ध प्रिभिलेज कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट प्राप्त गर्न सक्नेछन्।
डिशहोमले यो सेवाको दायरा आगामी महिनाहरूमा अझ विस्तार गर्दै १०० भन्दा बढी ब्रान्डहरू समावेश गर्ने योजना बनाएको छ। त्यस क्रममा नयाँ अफरहरू र विविध श्रेणीका ब्रान्डहरू थपिँदै जानेछन्।