कीवर्डहरू -

दियो एआई च्याटबट : एआई इनोभेसन मार्फत नेपाली सञ्चार शैलीमा परिवर्तन ल्याउँदै

दियो एआई च्याटबट : एआई इनोभेसन मार्फत नेपाली सञ्चार शैलीमा परिवर्तन ल्याउँदै

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति तीक्ष्ण छ कि, कल्पनै गर्न नसकिएका आविष्कार सम्भव गराइदिएको छ । यतिसम्म कि अब आफ्नोभन्दा चतुर दिमाग भएका रोबोटहरु बनाउनु यो जमानामा अचम्म रहेन ।

आममानिसले जस्तै व्यवहार र प्रतिक्रिया गर्ने बौद्धिक मेसिनहरुको संसारभर प्रयोग भइरहेको छ । यस्ता मेशिनलाई हामी आर्टिफिसियल इन्टेलिजेन्सको नामले चिन्ने गर्दछौँ । यस्ता मेसिनलाई ‘नयाँ पुस्ताका मानिस’ पनि भन्ने गरिन्छ ।

आज माइक्रोसफ्ट, गुगल, फेसबुक, एप्पल, आइबिएमजस्ता प्रविधिका हस्तीहरु आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट आश्चर्यजनक छलाङ मार्न सफल भएका छन् । तपाईंले ड्राइभरबिनाको कारको समाचार त पक्कै सुन्नुभएको होला त्यस्तै एआइकै कारणले पाइलटबिनै जहाज उड्ने प्रविधिको विकाससमेत भइसकेको छ । यी सबै उपलब्धि सूचना प्रविधि र कम्प्युटर विज्ञानको पछिल्लो चमत्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङका कारण सम्भव भएका हुन् ।

आजकाल आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टेक्नोलोजीले मानिसका लागि धेरै कामहरू सजिलो बनाइदिएको छ । कविता लेख्नदेखि लिएर जागिर पाउन तथा उत्कृष्ट बायोडाटा तयार गर्नेसम्म, आर्टिफिसियल इन्टेलिजेन्सले हरेक काममा ठूलो सहयोगको रूपमा काम गरिरहेको छ ।

विश्वव्यापी जल्दोबल्दो विषय बनेको डिजिटल भविष्य आर्टिफिसियल इन्टेलिजेन्सबाट नेपाल पनि अछुतो रहने कुरा आएन । यही एआइको महत्वलाई बुझेर दियो एआई टेक्नोलोजी प्रालि सुरु भएको हो । २०७७ सालमा सुरु भएको दियो डट एआइ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा काम गर्ने कम्पनी हो । दियो एआईले विशेष गरी अहिले एआई प्रविधिमा आधारित च्याटबटमा काम गरिरहेको छ ।

कम्पनीले मल्टी ल्याङ्वेज सपोर्ट, अटोमेट रेस्पोन्स, ओम्नी च्यानल इन्टिग्रेसन र सञ्चालनलाई प्रभावकारी बनाउने सुविधासहितको च्याटबट बनाउँदै आएको छ । कोभिडको त्रासपूर्ण समयमा कोभिड १९ को बारेमा थुप्रै गलत जानकारीहरु फैलिरहेका थिए । यस्तो समयमा कुराकानी मार्फतनै सही जानकारी उपलब्ध गराउनका लागि नेपालमा पाँच जना वैज्ञानिकहरु खट्टिए । यहीँबाट ‘गोलु’को जन्म भयो र कम्पनीले बृहत रुपमानै च्याटबट क्षेत्रमा काम गर्न सुरु गर्याे । 

दियो एआइका कन्भरसेस्नल एआइ इन्जिनियर सुप्रिया खड्काले दियो एआइले उद्यम, सर्वेक्षण, व्यवसाय तथा सरकारका लागि च्याटबट बनाउनका लागि काम गर्ने गरेको बताइन् । दियो एआईले तयार पारेका च्याटबट विभिन्न सरकारी निकायदेखि निजी संस्थाहरूले समेत प्रयोग गरिरहेका छन् । 

‘दियो एआइको च्याटबट ललितपुर महानगरपालिका र बुुटवल उपमहानगरपालिकाले प्रयोग गरिरहेको छ ।’ खड्का बताउँछिन् । यसैगरी कम्पनीले सामाजिक कार्यका लागि पनि च्याटबट बनाउँदै आएको छ । ‘सेक्सुुअल हेल्थ (Sexual Health) सम्बन्धि च्याटबट, सेफ एबोरसन (Safe Abortion), मेन्स्ट्रुअल हेल्थ (Menstrual Health) सम्बन्धि च्याटबट, कोभिडको सत्यतथ्य जानकारी दिने च्याटबट बनाउने जस्तो पाटोमा कम्पनीले काम गरिरहेको छ । ’ खड्काले बताइन् । 

null

दियो एआईले स्थानीय तहका लागि मुना च्याटबट बनाएको छ भने मनोरञ्जन, क्विज, जोक, राशिफल लगायतका लागि गोलु च्याटबट तयार पारेको छ । यस बाहेक कम्पनीले व्यवसायहरूको आवश्यकता अनुसार च्याटबट निर्माण समेत गर्दै आएको छ ।

च्याटजीपीटीले विश्वव्यापी रुपमा तहल्का मच्चाइरहँदा नेपालकै लागि निश्चित च्याटबट हुनु पनि एकदमै आवश्यक रहेको छ । धेरै कम्पनीहरुले आआफ्नै च्याटबट सुरु गरेता पनि सही तरिकाले अन्र्तक्रिया गर्न सक्ने गुण केही च्याटबटमा मात्रै रहेको छ ।

यही कारणले स्थानीय रुपमै नेपाली लगायत बहुभाषी च्याटबट बनाउने कम्पनी हो दियो एआइ । कम्पनीले बनाएको च्याटबट ३० हजार बढि प्रयोगकर्ताहरुले प्रयोग गरिरहेको खड्काको ठहर छ । नेपाली भाषामा सञ्चार गर्न डिजाइन गरिएको, गोलु तपाईलाई मनोरञ्जन, जानकारी र सहयोग गर्ने गर्दछ ।

गोलुको निर्माण वैज्ञानिकहरू विशेष खनाल, आजाद छतकुली, दण्डपाणि पौडेल, विनोद भट्टराई र सुमनराज विष्टले गरेका हुन् । गोलुका साथ, तपाईं अन्तरक्रियात्मक क्विज, राशिफल तथा मनोरञ्जनात्मक चुटकिलाहरूको आनन्द लिन सक्नुहुन्छ र नवीनतम समाचारहरूसँग अपडेट रहन सक्नुहुन्छ । गोलु नेपाली प्रयोगकर्ताहरूका लागि व्यक्तिगत र आकर्षक अनुभव सुनिश्चित गर्दै नेपाली भाषामा सञ्चार गर्न डिजाइन गरिएको हो ।

नेपाली भाषा च्याटबोटमा दियो एआइका च्याटबट शीर्ष स्थानमा आउने कम्पनको दाबी छ । यस च्याटबटले देवनागरी र रोमनकृत लिपिहरूलाई सपोर्ट गर्छ ।

यसैगरी संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)सँग सहकार्य गरी सुरु भएको मुना च्याटबोटले स्थानीय सरकारले प्रदान गर्ने सेवाहरूको बारेमा नागरिकलाई सामान्य जानकारी प्रदान गर्दछ ।

हालका वर्षहरूमा हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पारेको रोग डेंगु र कोभिड १९ जस्ता समसामयिक समस्याहरूको बारेमा जानकारी प्रदान गर्ने काम पनि मुना च्याटबटले गर्छ ।

मुनासँग, नागरिकहरूले आफूले सामना गरिरहेको कुराहरुको बारेमा गुनासो गर्न वा असन्तुष्टि व्यक्त गर्न सक्छन् ( जस्तै ट्राफिक, सार्वजनिक फोहोर फाल्ने, सडक ) आदिसँग सम्बन्धित समस्याहरु बताउन सक्छन् । 
व्यवसायको माग अनुसार कम्पनीले निःशुल्क निड बेस्ड एनालाइसिस गरेर कुनै पनि व्यवसायका लागि कस्तो च्याटबट आवश्यक छ भनेर मुल्यांकन गर्ने गर्दछ । खड्का बताउँछिन्, ‘सरकारी वा निजी क्षेत्रका लागि हामीले च्याटबट बनाउँदा उहाँहरुको मागसँग ठ्याक्कै मिल्ने च्याटबट मूूल्यांकन गरेर बनाउने गर्दछौँ ।’

दियो एआइ आइसिटी अवार्ड २०२३ को स्टार्टअप आइसटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट पाँच स्टार्टअपमा पर्न सफल भएको छ । कम्पनीलाई भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।

अब अवार्डको विधा छानेर स्टार्टअप आइसटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले दियो एआइलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा विजयी बनाउन सक्नुहुनेछ ।