कीवर्डहरू -

डिएनसी २०२६ को प्यानलमा नागरिक एपलाई डिजिटल गेटवे र विपद् सूचना केन्द्र बनाउनेबारे बहस

डिएनसी २०२६ को प्यानलमा नागरिक एपलाई डिजिटल गेटवे र विपद् सूचना केन्द्र बनाउनेबारे बहस

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ अन्तर्गत आयोजित दोस्रो विषयगत प्यानल छलफलमा नागरिक एपलाई नेपालको डिजिटल गेटवे तथा विपद् सूचना केन्द्रका रूपमा विकास गर्न सकिने विषयमा बहस भएको छ ।

‘Paradigms of Data Governance: Can Nagarik App Become Nepal’s Digital Gateway and Disaster Alert Hub ?’ विषयमा आयोजित छलफलमा डेटा शासन, डिजिटल सार्वजनिक सेवा तथा विपद्सम्बन्धी सूचना प्रणालीको प्रभावकारी उपयोगका विषयमा विचार आदानप्रदान गरिएको थियो ।

छलफलमा प्रतिनिधिसभा सदस्य अरविन्द साह, नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठ, सूचना प्रविधि विभागका सहसचिव रामदत्त भट्ट, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल र वन प्वाइन्ट फाइनान्सियल सर्भिसेसका कार्यकारी निर्देशक विकास नहाटा सहभागी थिए । प्यानलको सहजीकरण आनन्दराज खनालले गरेका थिए ।

छलफलमा नागरिक एपमार्फत विभिन्न सरकारी डिजिटल सेवामा नागरिकको पहुँच सहज बनाउनेसँगै विपद्का समयमा आवश्यक सूचना तथा चेतावनी प्रभावकारी रूपमा प्रवाह गर्न सकिने सम्भावनाबारे चर्चा गरिएको थियो ।

साथै, डिजिटल सार्वजनिक सेवाको विस्तारसँगै डेटा शासन, डेटा सुरक्षा र नागरिकको अधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा पनि छलफल केन्द्रित रहेको थियो ।