कीवर्डहरू -

ह्वाट्सएपमार्फत यसरी गर्नुहोस् मेसेज सेड्युल

ह्वाट्सएपमार्फत यसरी गर्नुहोस् मेसेज सेड्युल

के तपाईंलाई थाहा छ ? तपाई ह्वाट्सएपमार्फत मेसेज सेड्युल गर्न सक्नुहुन्छ । यसबाट तपाईको म्यासेज स्वतः पठाइनेछ । कसैलाई जन्मदिनको शुभकामना दिन तपाईंले रातको १२ बजेसम्म कुर्नुपर्ने छैन् ।

हुन् त ह्वाट्सएपमा त्यस्तो कुनै फिचर छैन् जसको मद्दतले तपाईले आफ्नो सन्देशहरू सेड्यूल गर्न सक्नुहुन्छ । अहिलेसम्म कुनै पनि प्रतिवेदनमा यस्तो कुनै पनि सुविधामा काम भएको कुनै संकेत छैन् । यद्यपि, त्यहाँ अर्को तरिका छ जसको मद्दतले तपाइँ ह्वाट्सएप मेसेज सेड्युल गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो फोनमा थर्ड पार्टी एप इन्स्टल गर्नुपर्नेछ ।

सेड्युल गर्नका निम्ति सर्वप्रथम आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल प्ले स्टोर खोल्नुहोस् । यसपश्चात आफ्नो स्मार्टफोनमा एसकेइडी इट डाउनलोड र इन्स्टल गर्नुहोस् ।

अब स्केडइट खोल्नुहोस् र साइन इन गर्नुहोस् । त्यसपछि मुख्य मेनुमा ह्वाट्सएप अप्सनमा ट्याप गर्नुहोस् ।

इनेबल एक्सेसिबिलीटीमा ट्याप गरेर स्केडइटमा जानुहोस् र टगल अन गर्नुहोस् । यस पछि परमिसनमा क्लिक गर्नुहोस् । अब ह्वाट्सएपमा फर्कनुहोस् । 

यहाँ तपाईले आस्क मी बिफोर सेन्डिङको विकल्प देख्नुहुनेछ । एपमा तपाईंले मिति र समय सेट गर्नुहोस् र मेसेज लेख्नुहोस् र सेभ गर्नुहोस् । सन्देश त्यस दिन स्वतः पठाइनेछ ।