कीवर्डहरू -

स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्

स्मार्टफोनको ब्याट्री लाइफ लामो बनाउन चार्ज गर्दा यी गल्तीहरू नगर्नुहोस्

स्मार्टफोनको प्रयोग सबैले गर्छन्, र दिनभरि धेरैजसो काम फोनको माध्यमबाटै गरिन्छ । फोनको चार्ज लामो समयसम्म टिकाउनका लागि लामो ब्याट्री ब्याकअप आवश्यक हुन्छ । धेरै मानिसहरू चार्जिङ गर्दा केही यस्ता गल्तीहरू गर्छन्, जसले ब्याट्रीमा नकारात्मक असर पार्छ । यदि तपाईं पनि यी गल्तीहरू बारम्बार गर्दै हुनुहुन्छ भने, ब्याट्रीको प्रदर्शन खराब हुने सम्भावना धेरै हुन्छ ।

सही चार्जरको प्रयोग गर्नुहोस् 

आफ्नो फोनसँग आउने चार्जर नै प्रयोग गर्नुहोस् वा त्यसकै समान भोल्टेज र एम्पियर भएको चार्जर प्रयोग गर्नुहोस् । यदि फोन चार्ज गर्नका लागि तपाईं कुनै पनि चार्जर प्रयोग गर्नुहुन्छ भने यो बानी परिवर्तन गर्नु आवश्यक छ । किनकि यसले ब्याट्रीमा नराम्रो असर पार्छ ।

ओभरचार्जिङबाट बच्नुस्

ओभरचार्जिङको समस्या प्रायः सबै प्रयोगकर्तामा हुन्छ । फोनलाई कहिल्यै पनि आवश्यकताभन्दा बढी चार्ज गर्नु हुँदैन् । यसले ब्याट्रीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यदि तपाईं फोनलाई रातभर चार्ज गर्नुहुन्छ भने यसो गर्नु सही होइन । 

चार्जिङ पोर्टलाई सफा राख्नुहोस्  

चार्जिङ पोर्टमा धुलो वा फोहोर जम्मा हुन नदिनुहोस्, किनकि यसले चार्जिङमा समस्या आउन सक्छ । यसो गर्दा न केवल चार्जिङ पोर्ट बिग्रिन्छ, तर ब्याट्रीको प्रदर्शन पनि कम हुन्छ । साथै, फोनलाई चार्ज गर्दा तातोबाट जोगाउनुहोस्, जस्तै सीधा घामको उज्यालोमा वा तातो वातावरणबाट बचाउनुपर्छ ।

चार्जिङ केबललाई सुरक्षित राख्नुहोस्

चार्जिङ केबललाई ओसिलो वा भिजेको स्थानमा नराख्नुहोस् साथै यसलाई धेरै तान्ने वा मोड्ने नगर्नुहोस् । यसले फोन चार्ज हुनमा समस्या हुन सक्छ । ब्याट्रीको स्वास्थ्यको ख्याल राख्नुहोस् र आवश्यकता पर्दा यसलाई क्यालिब्रेट गर्नुहोस् ।

चार्जिङको क्रममा फोनको प्रयोग नगर्नुहोस्  

धेरै मानिसहरूको बानी हुन्छ कि उनीहरूले फोन चार्जिङमा राखेर प्रयोग गर्छन्, यहाँसम्म कि केहीले गेमिङजस्ता भारी कामहरू पनि चार्जमा राखेरै गर्न थाल्छन्, जसले गर्दा फोन निकै तातो हुन्छ । त्यसैले यसो गर्नबाट बच्नुपर्छ ।

चार्जरलाई बारम्बार परिवर्तन नगर्नुहोस्  

एउटै चार्जरको प्रयोग गर्नुहोस् र त्यसलाई बारम्बार परिवर्तन नगर्नुहोस्, किनकि यसले चार्जिङ पोर्टमा नराम्रो असर पार्न सक्छ । स्मार्टफोनसँग आउने चार्जर नै सधैं प्रयोग गर्नुहोस् ।  यदि त्यो बिग्रन्छ भने, त्यही कम्पनीको नयाँ चार्जर किन्नुहोस् ।