कीवर्डहरू -

नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा च्याट गर्न यस्तो गर्नुहोस्

नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा च्याट गर्न यस्तो गर्नुहोस्

पपुलर म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपको प्रयोग विश्वभर करोडौं मानिसहरूले गर्छन् । प्रयोगकर्ताहरूको अनुभवलाई रमाइलो बनाउनका लागि ह्वाट्सएपले धेरै यस्ता फिचरहरू प्रदान गर्छ, जसबारे धेरैजसो मानिसहरूलाई थाहा हुँदैन् । जस्तै, यदि तपाईं कसैलाई मेसेज पठाउन चाहनुहुन्छ भने पहिला फोन नम्बर सेभ गर्नु आवश्यक हुन्छ । तर, यो काम बिना नम्बर सेभ नगरी पनि गर्न सकिन्छ, र त्यो पनि एक होइन, धेरै तरिकाहरूबाट । यदि तपाईं पनि फोन नम्बर सेभ नगरी कसैलाई मेसेज पठाउन चाहनुहुन्छ भने यहाँ त्यसो गर्ने चार तरिकाहरू दिइएका छन् । 

डब्लुए डटमी लिंकको माध्यमबाटः  

ह्वाट्सएपमा नम्बर सेभ नगरी मेसेज पठाउलाई डब्लुए डटमीको प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि तपाईंले (https://wa.me/phonenumber) यूआरएलको प्रयोग गर्नुहोस् र फोन नम्बरको ठाउँमा देशको कोडसहितको मोबाइल नम्बर टाइप गर्नुहोस् जसमा तपाईं मेसेज पठाउन चाहनुहुन्छ । त्यसपछि यसलाई क्रोममा सर्च गर्नुहोस् र च्याटमा क्लिक गर्नुहोस् । अब उक्त नम्बरको च्याट बक्स खुल्नेछ र तपाईं सजिलैसँग च्याट गर्न सक्नुहुन्छ ।

आफैंलाई टेक्स्ट गरेरः

 तपाईं आफैंलाई मेसेज गरेर पनि नम्बर सेभ नगरी कसैलाई सन्देश पठाउन सक्नुहुन्छ, कसरी? यसको एउटा सजिलो तरिका छ । सबैभन्दा पहिले नयाँ च्याटमा क्लिक गर्नुहोस् र माथिको “मेसेज योरसेल्फ“ मा ट्याप गरेर, आफैंलाई त्यो नम्बर पठाउनुहोस् जसमा तपाईं सन्देश पठाउन चाहनुहुन्छ । नम्बर पठाएपछि त्यसमा क्लिक गर्नुहोस् र “च्याट विद दिस नम्बर" मा क्लिक गर्नुहोस् । यसो गरेर तपाईंको काम पूरा हुनेछ ।

ट्रुकलर एपबाटः 

ट्रुकलर एपको प्रयोग गरेर पनि तपाईं ह्वाट्सएपमा बिना नम्बर सेभ गरी सन्देश पठाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले ट्रुकलर एप खोल्नुहोस् र जसलाई मेसेज पठाउन चाहनुहुन्छ, उक्त व्यक्तिको नम्बर खोज्नुहोस् । त्यसपछि प्रोफाइलमा ट्याप गर्नुहोस् र ह्वाट्सएपको आइकनमा ट्याप गर्नुहोस् । अब यहाँ “सेण्ड ह्वाट्सएप मेसेज“ भन्ने अप्सन आउनेछ । त्यसमा क्लिक गरेर सन्देश पठाउन सक्नुहुन्छ ।

ह्वाट्सएप ग्रुपः 

यदि कुनै व्यक्ति तपाईंको साथमा ग्रुपमा छ र तपाईंलाई उसको नम्बर सेभ नगरी सन्देश पठाउनु छ भने यसको तरिका निकै सजिलो छ । ग्रुप च्याट खोल्नुहोस् र पार्टिसिपेन्टमा ट्याप गर्नुहोस्, त्यसपछि जसलाई सन्देश पठाउनु छ, उसको नम्बर खोज्नुहोस् । अब प्रोफाइलमा क्लिक गर्नुहोस् र सन्देशमा क्लिक गर्नुहोस् ।