जीमेलमा धेरै ओटा मेल मध्य केही मात्र महत्वपूर्ण हुन्छन् । जीमेलमा इमेलको यो भीडबाट अनावश्यक इमेलहरू कसरी मेटाउने भन्ने कुरा हरेक जीमेल प्रयोगकर्ताका लागि ठूलो र सामान्य समस्या हो ।
प्रत्येक इमेललाई एक–एक गरेर जाँचेर मेटाउँदा धेरै समय लाग्ने र झर्काेलाग्दो काम हुन सक्छ । यदि तपाईं इमेलको स्टोरेज खाली गर्नका लागि एकैपटक धेरै इमेल डिलिट गर्न सक्नुभयो भने कस्तो होला? तर, यसो गर्दा महत्वपूर्ण इमेलहरू पनि मेटिने छन् कि भन्ने प्रश्न तपाईँको मनमा पनि आउन सक्छ । तर यस्तो हुँदैन् । तपाईं धेरै मात्रामा केवल ती इमेलहरू मेटाउन सक्नुहुन्छ जुन तपाईंका लागि महत्वपूर्ण छैनन् । यो लेखमा, हामी तपाईंलाई धेरै मात्रामा इमेलहरू मेटाउने तरिका बताउँदैछौंः
पहिले, तपाईंले यो सुनिश्चित गर्नुहोस् कि तपाईं आफ्नो महत्वपूर्ण इमेलहरूलाई कसरी व्यवस्थापन गर्न चाहनुहुन्छ । तपाईंले जुन इमेलहरू पढिसक्नुभएको छ र तपाईंलाई लाग्छ कि ती महत्वपूर्ण छन्, तिनीहरूलाई स्टार मार्क गर्न सक्नुहुन्छ । यसो गर्दा, महत्वपूर्ण इमेलहरूको पहिचान छुट्टै गर्न सकिन्छ । त्यसपछि, तपाईंले पढिएका इमेलहरू डिलिट गर्नमा ध्यान दिन सक्नुहुन्छ ।
यसका लगि सुरुमा, ल्यापटपमा इमेल खोल्नुहोस् । अब इनबक्समा जानुहोस् । त्यसपछि, “सर्च मेल“ मा क्लिक गर्नुहोस् ।
यहाँ “लेबलः रिड“ टाइप गर्नुहोस् । एंटर थिच्नासाथ स्क्रिनमा सबै पढिएका इमेलहरू देखिनेछन् । यी सबै इमेलहरू तपाईंले पढिसक्नुभएको छ, तिनीहरूलाई मेटाउन सकिन्छ ।
यसको लागि, पहिला इमेलको माथि रहेको बक्सलाई छान्नुहोस् । यसमा तारा चिन्ह भएका पढिएका इमेलहरू पनि आउनेछन्, तिनीहरूलाई अनसेलेक्ट गर्न “मेल“ को तल रहेको डाउन एरोमा क्लिक गरेर “अनस्टार्ड“ छनोट गर्नुहोस् । त्यसपछि डिलिट आइकनमा ट्याप गर्न सक्नुहुन्छ ।
यसरी गर्दा, तपाईंका सबै पढिएका अनस्टार गरिएका इमेलहरू मेटिनेछन् ।